संजय कुमार खड्का
रामेछाप देउराली -८
हाल :- साउदिअरब
गाउँ घरका चेली हो झरी बर्षा सकियो
तीज आयो बरीलै नाँच्न पर्खी बसियो |१|
नाँचौ घुमेर
केटो हेर्दै गयो उमेर ||
कति गर्नु चाकरी ज्यान अझै सुक्ने भो
लिन आए खुशी छु नत्र दिल दुख्ने भो |२|
बाटो हेर्दैछु
मेहंदिले हात केर्दैछु ||
यसैपली तीजमा रातो साडी किन्ने हो
साथि संगी नाचेर कम्मर मर्काई हिन्ने हो |३|
गीत गाउनु है
पर्खी बस्छु लिन आउनु है ||
दिन गनी बस्दैछु लिन आउने कैले हो
चार कुने आगनि नाच्नु पर्ने मैले हो |४ |
गीत घन्कियो
दिलमा मेरो आगो दन्कियो ||
किन बस्नु रोएर हांसी हांसी मान्ने हो
आमा बाबा भेटेर संगै बसी खाने हो |५ |
चिन्ता नमान
माइत आउँन पाइन् नभन ||
.
..गृह पृष्ठ