साहित्य जगतका सम्पूर्ण विधाको संगालो
साहित्य जगतका सम्पूर्ण विधाको संगालो
यहाँहरुलाई हार्दिक स्वागत छ आँधिखोलाको सुसेलीमा ---------->>> ब्लग निर्माणाधीन अबस्थामा छ - नरेश रोकाहा --------->>>>> npliterature.blogspot.com
Home » » आमा - बैरागी जेठा

आमा - बैरागी जेठा


                                                       - वैरागी जेठा
आमा
एकछत्र उर्लँदै
अल्मोडा बाट
क्रान्तिको फूल फूलाईरहेछु
चेतनाको झरी बर्षाएर
मनका गोलीहरु
गढगढाएर पड्किरहेछन्
आमा
नाला पानी
पिउँदै हलाहल
प्रतप्त अग्नि सल्काउँदै
घनश्याम ढाक्छ आकाश
गर्जदै आशुँ झार्छ
सर्वागं जुर्मुरा भन्छ
यन्त्रालयलाई कैद गर्दै
अमर ध्वनिमा
शहिदको रगत बोल्छ
देउथलमा
म 
रक्त बृष्टिसुरु गर्दे
नेपाली राष्टिय झण्डा फरफराईरहेछु
मानिसहरुका रगत
गोला भएर पड्किरहेछ
पटट पटट पटट
आमा
मेरो नायकत्वमा
अलमाडा कब्जा हुँदैछ
विश्वाँस गर
उसको छातिमा
भक्तिको रगत बोलीरहेछ
क्रन्तिको विगुल बजाएर
म आँखा उघारीरहेछु
घुर्चिमा ओछयाईएको मार्कस वादमा
म पाईला चालीरहेछु
युद्धको बृद्धि गराउन
आमा
अल्मोडा जित्ने अभिलासामा
मैले मानिसहरु ब्यूझाई सकेकोछु
उ हाम्रो कलेजो हो
टिष्टा हाम्रो फेक्सो हो
यस्तोछणमा
उनिहरुसँग अलग्गिएर बस्न सक्तिन
उनिहरुलाई मुक्तिदिलाउन
निस्कलंक उक्लेरयुद्ध लड्न सक्छु
विश्वाँस गर आमा
भेरै लड्यौ अलमोडा हाम्रो हुन सकिरहेको छैन
भक्ति थापाको रगतले सिंचिएको 
त्यो आम्रो भूमि
अमर र भक्तिका कथहरु पुराना होईनन्
जस्लाई हामी विर्सन सक्तैनौ
यतिबेला हामीले भूल्न हुन्न
म एउटा सिपाही मात्र हुँ
विक्रितिको बिरुद्ध बोल्ने
मेरा सपनाहरु भनेकै
अल्मोडा र आसाम
सानदार आफैतिर फर्काउनु हो
हामी लुटिएका छौ भनै नसकिने छणहरु
हाम्रा् आस्थाले
अल्मोडा पाउनै पर्छ
आमी जातिय युद्धका कुरा गरिरहेछौँ 
जातियतामा हौईन आमा
दुर्गन्धि समाज बगाएर
रा वि झै परिवर्तन हुनु छ
मैले आत्न सात गरेको छु
हामीले सजिलै जित्ने छौं
अल्मोडाहरु
हाम्रो गन्तब्य
हाम्रो सघर्ष नै
आसामहरु
नेपालमा गाभ्नु हो
म भित्रको एउटा उर्जा
पानीको बेग झं वगिरहेछ । 
दुषित राजनितिको अति क्रमणलाई
स्वच्छताको मुक्ति गराउनु छ
म हजारौ हजार आवेग उर्लिरहेका छन्
पानीकोछाल झैं
सहज प्रवाह ुँदै
बिशाल नेपाल बनाउनु छ
वैचारी क्रmुर्रताले मात्र होईन
ब्यवहारीक सहजताको क्रुर्रता चाहीएकोछ
आलि कुर्लेकि छ तम्तमाएर
मेरी लम्पसार परेकिछे
अन्याय खपेर
मेरो घरमा मानिसहरु छैनन्
म युद्धको शिखरमा चढेकोछु
मोर्चा कसेर
नयाँ युगको खोजीमा
घुर्चीमा कवाज खेृलिरहेछु
तप्तपाउँदो आदर्श सलएर
नाला पानीको धारामा
पिएर वस्न 
नेपाली आतंकको छाल लिएर
वैरीहरुलाई चक्नाचुर पार्न
गोर्खाली तलवार प्रहार गरिरहेछु
देउथलमा
Share this article :
 
Support : | Johny Template | Copyright © 2011. आँधीखोलाको सुसेली - All Rights Reserved
Template Modify by | नरेश रोकाहा |
Proudly powered by Blogger
Design Downloaded from free Blogger templates | free website templates | Seodesign.us | Funny Sport Videos.