साहित्य जगतका सम्पूर्ण विधाको संगालो
साहित्य जगतका सम्पूर्ण विधाको संगालो
यहाँहरुलाई हार्दिक स्वागत छ आँधिखोलाको सुसेलीमा ---------->>> ब्लग निर्माणाधीन अबस्थामा छ - नरेश रोकाहा --------->>>>> npliterature.blogspot.com

गजल

                                                              नरेश रोकाहा स्यांगजा
नरेश रोकाहा स्यांगजा हाल : यु ए ई

जिन्दगीले कहाँ पुग्छ्स? सोधेर गयो 
बिना टुंगो मलाई बाटो छोडेर गयो ||

म चाहन्थें आकाश छुन चन्द्रमा छुन 
आफ्नालेनै थोत्रो भर्यांग भाँचेर गयो ||

जन्मिएको बस्ति सधै दुखले रुझ्थ्यो 
तर आजै कुहिरोले छोपेर गयो ||

पन्छी सरि उडू लाग्थ्यो स्वतन्त्र भई 
पुतलीझैँ साँझबत्तीमा होमेर गयो ||

न उकाली न ओराली तटस्थ छु म 
समयले दोबाटोमा बाँधेर गयो ||
Continue Reading | comments

आमा - बैरागी जेठा


                                                       - वैरागी जेठा
आमा
एकछत्र उर्लँदै
अल्मोडा बाट
क्रान्तिको फूल फूलाईरहेछु
चेतनाको झरी बर्षाएर
मनका गोलीहरु
गढगढाएर पड्किरहेछन्
आमा
नाला पानी
पिउँदै हलाहल
प्रतप्त अग्नि सल्काउँदै
घनश्याम ढाक्छ आकाश
गर्जदै आशुँ झार्छ
सर्वागं जुर्मुरा भन्छ
यन्त्रालयलाई कैद गर्दै
अमर ध्वनिमा
शहिदको रगत बोल्छ
देउथलमा
म 
रक्त बृष्टिसुरु गर्दे
नेपाली राष्टिय झण्डा फरफराईरहेछु
मानिसहरुका रगत
गोला भएर पड्किरहेछ
पटट पटट पटट
आमा
मेरो नायकत्वमा
अलमाडा कब्जा हुँदैछ
विश्वाँस गर
उसको छातिमा
भक्तिको रगत बोलीरहेछ
क्रन्तिको विगुल बजाएर
म आँखा उघारीरहेछु
घुर्चिमा ओछयाईएको मार्कस वादमा
म पाईला चालीरहेछु
युद्धको बृद्धि गराउन
आमा
अल्मोडा जित्ने अभिलासामा
मैले मानिसहरु ब्यूझाई सकेकोछु
उ हाम्रो कलेजो हो
टिष्टा हाम्रो फेक्सो हो
यस्तोछणमा
उनिहरुसँग अलग्गिएर बस्न सक्तिन
उनिहरुलाई मुक्तिदिलाउन
निस्कलंक उक्लेरयुद्ध लड्न सक्छु
विश्वाँस गर आमा
भेरै लड्यौ अलमोडा हाम्रो हुन सकिरहेको छैन
भक्ति थापाको रगतले सिंचिएको 
त्यो आम्रो भूमि
अमर र भक्तिका कथहरु पुराना होईनन्
जस्लाई हामी विर्सन सक्तैनौ
यतिबेला हामीले भूल्न हुन्न
म एउटा सिपाही मात्र हुँ
विक्रितिको बिरुद्ध बोल्ने
मेरा सपनाहरु भनेकै
अल्मोडा र आसाम
सानदार आफैतिर फर्काउनु हो
हामी लुटिएका छौ भनै नसकिने छणहरु
हाम्रा् आस्थाले
अल्मोडा पाउनै पर्छ
आमी जातिय युद्धका कुरा गरिरहेछौँ 
जातियतामा हौईन आमा
दुर्गन्धि समाज बगाएर
रा वि झै परिवर्तन हुनु छ
मैले आत्न सात गरेको छु
हामीले सजिलै जित्ने छौं
अल्मोडाहरु
हाम्रो गन्तब्य
हाम्रो सघर्ष नै
आसामहरु
नेपालमा गाभ्नु हो
म भित्रको एउटा उर्जा
पानीको बेग झं वगिरहेछ । 
दुषित राजनितिको अति क्रमणलाई
स्वच्छताको मुक्ति गराउनु छ
म हजारौ हजार आवेग उर्लिरहेका छन्
पानीकोछाल झैं
सहज प्रवाह ुँदै
बिशाल नेपाल बनाउनु छ
वैचारी क्रmुर्रताले मात्र होईन
ब्यवहारीक सहजताको क्रुर्रता चाहीएकोछ
आलि कुर्लेकि छ तम्तमाएर
मेरी लम्पसार परेकिछे
अन्याय खपेर
मेरो घरमा मानिसहरु छैनन्
म युद्धको शिखरमा चढेकोछु
मोर्चा कसेर
नयाँ युगको खोजीमा
घुर्चीमा कवाज खेृलिरहेछु
तप्तपाउँदो आदर्श सलएर
नाला पानीको धारामा
पिएर वस्न 
नेपाली आतंकको छाल लिएर
वैरीहरुलाई चक्नाचुर पार्न
गोर्खाली तलवार प्रहार गरिरहेछु
देउथलमा
Continue Reading | comments

A lyrics by Naresh Rokaha



जति सक्यौ गनी गनी दियौ चोट पींडा सारा
भो भो अब चाहिएन आकाशका जून तारा

कैले सरें प्रित बनी तिम्रो दिलको मझेरीमा
कैले झरें आँसु बनी तिम्रो दिलको बलेसिमा
मैले मुटु दिएँ तर नुनचुक दली दियौ
तर भुल्यौ निस्ठुरिले तै मुटुमा तिमी थियौ

यो जिन्दगी तिम्रो कसम तिम्रै लागि सुम्पेको थें
हजारौको भीड बाट तिमीलाईनै रोजेको थें
तर आगो लगाईदियौ मेरो दिल चुडी किन
व्यर्थ आयौ जिन्दगीमा आँसुको यो झरी दिन
 —
Continue Reading | comments

A Lyrics by Naresh Rokaha

Naresh Rokaha


मैले दे'को सागार भन्दा तिम्रै तलाउ प्यारो भए 
मैले गर्ने सम्झनाले तिमी जिउन गाह्रो भए 
पिरतीमा आफै हार्दिन्छु ,
त्यो दिल बाट डेरा सार्दिन्छु

खडेरीमा फुलेकी थ्यौ पानी हाल्नु भुल भयो
झुटो रैछ तिम्रै प्रीति मनमा पाल्नु भुल भयो
सुम्पिनेले आज आफै चोरेको हो मुटु भन्यौ
सर्बश्वनै ठान्थ्यौ तर बचनको तिर हान्यौ

झरेको फूल टिपेको थें मुटु माझ राखेको थें
जुनी जुनी चोखो प्रीति तिम्रै निम्ति साँचेको थें
निश्चल थियो मेरो माया तिम्रै कारण मरी गयो
हान्यौ बज्र मुटुमानै अनयासै झरी गयो
Continue Reading | comments

Ghazal

इमान्दारी सबित्रिको जाल बोक्ने मैले देखे
नरक जीवन बिताएर धेरै खोक्ने मैले देखे ll

कैलाश पति स्वागतमा सत्य जति सुम्पीएर
किर्ते खास्टो ओडाएर सत्य घोक्ने मैले देखे ll

समाजको कठघरामा पतित बनि कुरा गर्दै
केश खोलि नुहाएर लाज रोक्ने मैले देखे ll

नारीजाति कोमल हुन्छन भन्ने सुन्थेतर
ऋष पोको पारि कन दात तोक्ने मैले देखे ll

जवानीको अन्धोपनमा नाच्दा नाच्दै यतिखेर
पश्चातापले तडपिएर टाउको ठोक्ने मैले देखे ll
हरि पराजुली
झापा -(हाल - साउदी अरब )
Continue Reading | comments

गजल - आकांक्षा शर्मा


नयन फूल रहे मनको बाग भर्पुर भेटिनेछ।
 आँटे पिंध सागरको मोती जरुर भेटिनेछ । 

 धकलेर भुमरीमा किनारामा खोज्छौ ब्यर्थ,
डुबि सक्यो गहिराइमा अब ऊ दुर भेटिनेछ। 


शहर उसको वकालत,न्यायधीश उस्कै हातमा, 
न्याय कहाँ तिम्रो हकमा आँफै कसुर भेटिनेछ। 


हौशलाको डुंगा बढ्यो रफ्तारमा क्षितिज छून,
सक्ने छेक,भाग्न ऊ झन बढि आतुर भेटिनेछ। 



बोकी बोझ आकांक्षाको चढ्यो चुम्न शिखर त्यो,
 खन्यौ जहाँ चिहान उसको,अब गजुर भेटिनेछ।


                                                                   -आकांक्षा शर्मा  
Continue Reading | comments

गीत - नरेश रोकाहा

Naresh Rokaha
http://nareshrokaha.blogspot.com


 नरेश रोकाहा

रसभर कहाँ रहें निचोरेर बेदनाले
जली रह्यो आत्मा सधै पिरोलेर सम्झनाले

गुन थियो लगाएको भुल्नु पाप गरि उसले
तोडी साथ रोजी पराई गर्नु श्राप गरि उसले
छट्पटीए रात भरी भाग्यले नै लुटे पछी
एक्लो रहें रित्तो बनें समन्ध यो टुटे पछी

रसभर कहाँ रहें निचोरेर बेदनाले
जली रह्यो आत्मा सधै पिरोलेर सम्झनाले

कति निठुर हुन्छ मान्छे तर्की जान्छ अरु मर्दा
रोकीदिने हुन्न कोहि आँखा बाट आँशु झर्दा
भुली सारा उसलाई रोजें अतित छोडी गई टाढा
ज्वाराभाटा दिलमा रोपी वाचा तोडी भई टाढा

रसभर कहाँ रहें निचोरेर बेदनाले
जली रह्यो आत्मा सधै पिरोलेर सम्झनाले

     स्याङ्गजा ( हाल : यु )
 
Continue Reading | comments

लधुकथा दीपक जडित


दीपक जडित 

'आउ भात खाने हैन?' मेहनतले खाना बनाईसकेर उसले सोध्यो । सोधाईमा खाने हो कि हैन भन्ने जान्न चाहनु भन्दा ज्यादा अनुरोधपूर्ण निमन्त्रणा थियो खाना खानको लागी ।

'मैले तँसँग सँगै भात खान्छु भनेर कसरी सोचिस् तैंले?' उसले जवाफ पायो । नितान्त पहिलोपल्ट हैन उनिहरुबिचको ठाकठुक । सानोतिनो कुरामा सानोतिनो ठाकठुक हुनु अस्वभाविक पनि थिएन । परालको आगो सम्झन्थ्यो उ र मनमनै भन्थ्यो 'हुरर्र झ्याप्प' । तर आज ठाकठुकको सिलसिला अलि बेग्लै प्रकारले प्रस्तुत भयो । सम्बोधनमा रहेको सम्मान चिप्लिएर तँ'मा झर्दा उसले सोच्यो । परालकै भएपनि आगो भनेको आगो नै हुँदोरहेछ, सल्किन पो बेर सल्केपछि बिताउन के बेर?

परिस्थितीलाई विचार गरेर ओठेतुरी नगर्न उचित सम्झ्यो उसले र जस्तो गएको उस्तै किचेनमा फर्क्यो । खाना बनाउन्जेलसम्म उसको पेटमा जलिरहेको क्षुधाग्नी कतिबेला ठण्डा भैसकेछ । उसले बनाएको खाना तातै फ्रिजमा हालीदियो । पेटको ठण्डालाई तताउन हातमा पेग लियो र फेसबुक खोल्यो । फेसबुकमा पिलीली हरियो बालेर लस्करै आफन्त, नातागोता, ईष्टमित्रहरु अनलाइन थिए ।

कसैले सोधिपनि हाल्यो, 'के छ हालखबर?'

उसले जवाफ लेख्यो, 'सब ठीक छ ।'

तर तुरुन्तै सम्झ्यो यहि फेसबुकको च्याटले उठाएको ठाकठुकले आज विकराल रुप लिएको छ । र उसले तुरुन्तै फेसबुक बन्द गर्यो ।
Continue Reading | comments

गजल -साथी समिर

गजल 

प्यारको प्रहारले पिडित छ मन मेरो 
तिम्रो अभावमा मुर्छित छ मन मेरो 

आऊने जाने'त धेरै भए यो जीवनमा 
तर पनि तिमी मै निहित छ मन मेरो 

सुन्दर फूल माथी सबै नजर लगाऊँछन् 
पराई नजरले भयभीत छ मन मेरो 

जलाऊ टुटाऊ भुल्दैन तिम्रो प्रतिमा 
तिम्रो'नै नामले निर्मित छ मन मेरो 

युग युगान्तर समिर तिम्रो हुनेछ
तिम्रै नसीबमा लिखित छ मन मेरो 

साथी समिर 
झापा 
हाल : प्रवास बस्ती
Continue Reading | comments

कविता - साथी समिर


अहँ ,
छदै छैन यी आखाँमा तिम्रो प्रतिमा ,
युग भयो छायाँ सम्म नदेखेको ,
हो , दिलको कुनामा धमिलो तस्बिर छ ,
फाटेको टोपी , च्यातिएको दौरा ,
मुजा परेको निधार ,
नयनमा असिमित प्यार सहित ,
मेरो हरेक हर्कतको नजर अन्दाज गर्ने ,
पक्कै मेरो बाबा हुनु पर्छ /

नीयती अनौठो दियौ ,
हे ईश्वर ,
यी आखाँले ठम्याऊँन नपाऊँदै ,
यी हातले अघाऊन्जेल सुम्सुम्याऊँन नापाऊँदै ,
बज्र प्रहार गर्दै , 
पुर्यायौ स्वर्ग अथवा कुनै दुर संसारमा ,
आज ,
मात्र दुई थोपा आँशु झारी सम्झना चढाऊँन सक्छु ,
मुटु निचोरी फलाक्न सक्छु ,
चित्कारका दुई शब्द ..............बाबा बाबा /

हरेक बर्ष यसरी नै झर्ने गर्छन ,
मेरा यी दुई थोपा आशुँ ,
आज झैं सायद भोली पनि /
लाग्थ्यो बिदेशी झैँ छुट्टी मिलाएर आए हुन्थ्यो ,
त्यो मृत्यु सपना भएर ,
झल्यास्स ब्युझदा आफ्नै आगाडी पाऊँ ,
तर म त्यती भाग्यमानी कहाँ ?

थाहा छ ,
आमाले झार्ने हरेक थोपा थोपा आँशुमा मैले तिम्रो अभाब देखेको छु ,
त्यो मौनताले सधैं तिम्रो नाम जपेको महसुस गरेको छु /
बुझ्यौ या बुझेनौ ,
अरु केहि सकिन ,
स्विकार गर्नु है ,
आजको दिन यो दुई थोपा आँशु अर्पण गर्दैछु ,
एक मुठी यादको कोसेली चढाएको छु ,
स्विकार गर्नु है /
केवल तिम्रो सम्झनामा /

**** समाप्त ****


साथी समिर 
झापा 
हाल : प्रवास बस्ति 
Continue Reading | comments

गीत - नरेन्द्र घर्ति


नरेन्द्र घर्ति

 
शुभ दिन बिहानीको, शित बनी आउँ तिमी
ह्रदयमा बास बस्न, प्रित बनी आउँ तिमी !

नाता जोडी अधेंरीको, तारा अनी जुनसँग
भाव पोख्दै संगीतको, सुर ताल धुनसँग.
मन मुटु स्पर्श गर्ने, गीत बनी आउँ तिमी
ह्रदयमा बास बस्न, प्रित बनी आउँ तिमी;

शुन्य मेरो जिन्दगीमा, छाईदिदैं हरियाली
पिडादायी जीवनमा, भरीदिदैं खुशीयाली  .
सधैं'भरी बशन्तको, रित बनी आउँ तिमी
ह्रदयमा बास बस्न, प्रित बनी आउँ तिमी;

शुभ दिन बिहानीको, शित बनी आउँ तिमी
ह्रदयमा बास बस्न, प्रित बनी आउँ तिमी !


Continue Reading | comments

गजल ...कल्पना भावुक

कल्पना भाबुक 



कल्पना भावुक


.
लजाएर  हेरिदिँदा तनै  भरी  मात लाग्छ
नजिक् आई बसिदेऊ लाग्नैपरे बात लाग्छ!
 .
भुल गरी आँखाबाट तिमी ओझेल नपरिदेऊ  
दिन पनि मेरा लागि औँशी जस्तै रात लाग्छ!
 .
घुम्टो ओढी हिंड तिमी नदेखियोस खाली सिउँदो
तिम्रो  निम्ति  मरिहत्य गर्नेको याँ ताँत लाग्छ!
 .
पछ्यौरीले  मुखछोपी  हास्ने तिमी गरीदेऊ 
तिम्रो हाँसो देखेपछी प्रस्ताबको खात लाग्छ!
 .
पराईको आँखा लाग्ला ओठ टोकी  नहेर है  
खै किन हो तिमीमेरो आफ्नै हुने जात लाग्छ!


काठमाडौँ
हाल इजरायल 
Continue Reading | comments

गीत :- पूर्ण जी मुस्कान


                 गीत :- पूर्ण जी मुस्कान        

कयौं याद अतित बनि अल्झिनु थ्यो अल्झी रहे !
जिन्दगीका सारा खुसि बल्झिनु थ्यो बल्झी रहे !!

आँसु लुकाई परेलीमा हाँसो लुकाई हास्दा सम्म !
इर्श्या गर्छन यो दुनिया चोखो नाता गास्दा सम्म !!
गुम्सिएर मनका  पिडा अल्झिनु थ्यो अल्झी रहे !
जिन्दगीका सारा खुसि बल्झिनु थ्यो बल्झी रहे !!

घरि घरि कल्पनामा आउने मान्छे  खोजुं भन्थें !
जुनी भरि प्रित भाका गाउने मान्छे खोजुं  भन्थें !!
प्रित फुल्ने भाका भरि अल्झिनु थ्यो अल्झी रहे !
जिन्दगीका सारा खुसि बल्झिनु थ्यो बल्झी रहे !!

कयौं याद आतित बनि अल्झिनु थ्यो अल्झी रहे !
जिन्दगीका सारा खुसि बल्झिनु थ्यो बल्झी रहे !!

Continue Reading | comments

गीत - सुचित्रा खनिया


- सुचित्रा खनिया

कसरी म जोडौँ अब जोडेको मन तोडेपछि
जीवन भर डोर्‍याउनेले बीच बाटोमै छोडेपछि

सोच्थें सधैँ पूर्णिमाको रात जस्तै माँया होस
सप्तरंगी झल्किएको इन्दे्णीको छाँया होस
जिन्दगी नै फिका भयो मायाको रंग उडेपछि
जीवन भर डोर्‍याउनेले बीच बाटोमै छोडेपछि

उदासि यो जिन्दगीमा खुसीको रंग भर्छु भन्थें
मिर्मिरेको बिहानी भै उषा लाली छर्छु भन्थें
संगालेका रहर मेरा सिसा सरी फुटेपछि
कसरी म जोडौँ अब त्यही मन तोडे पछि।

- सुचित्रा खनिया
Continue Reading | comments

गजल -साथी समिर

         साथी समिर 

यो धर्ती त्यो गगनमा प्यार छ मेरो ,
त्यो मन त्यो जीवनमा प्यार छ मेरो /

मदिरा झै मताऊँने तिम्रो नजर ,
त्यो लजालु नयनमा प्यार छ मेरो / 

लठ्ठ पर्छु पलपल सुनी त्यो बोली ,
त्यो मायालु बचनमा प्यार छ मेरो / 

पिई रहुँ लाग्छ सधै प्याला ओठको , 
त्यो रसिलो बदनमा प्यार छ मेरो / 


प्रवास बस्ती ,
झापा 
Continue Reading | comments
©2012 All rights Reserved (आँधीको सुसेली ) http://npliterature.blogspot.com. Powered by Blogger.
making a gif
 
Support : | Johny Template | Copyright © 2011. आँधीखोलाको सुसेली - All Rights Reserved
Template Modify by | नरेश रोकाहा |
Proudly powered by Blogger
Design Downloaded from free Blogger templates | free website templates | Seodesign.us | Funny Sport Videos.