जीवन भर डोर्याउनेले बीच बाटोमै छोडेपछि
सोच्थें सधैँ पूर्णिमाको रात जस्तै माँया होस
सप्तरंगी झल्किएको इन्दे्णीको छाँया होस
जिन्दगी नै फिका भयो मायाको रंग उडेपछि
जीवन भर डोर्याउनेले बीच बाटोमै छोडेपछि
उदासि यो जिन्दगीमा खुसीको रंग भर्छु भन्थें
मिर्मिरेको बिहानी भै उषा लाली छर्छु भन्थें
संगालेका रहर मेरा सिसा सरी फुटेपछि
कसरी म जोडौँ अब त्यही मन तोडे पछि।
- सुचित्रा खनिया
..गृह पृष्ठ