![]() |
| प्रभाती किरण |
प्रभाती किरण
नेपाल प्यारो छ
संसार यो सुन्दर चित्र जस्तो
उन्माद नौलो छ म भित्र कस्तो ।
पोखिन्छु आफैँ रङ भै धरामा
झर्दै हिमाली जल भै गरामा ।
पोतेर लाली जब पूर्व हाँस्छ
वैराग्य योगी पनि प्रीत गाँस्छ ।
खोला सुसेली मृदु गीत बोल्छ
उड्दै भुवाझैँ मन पङ्ख खोल्छ ।
सेलो र च्याब्रुङ् मुटुमा छ मेरो
मेची र काली घरको पँधेरो ।
कैलाशको स्निग्ध सुरम्य छाया
निख्रिन्न कैल्यै दिलभित्र माया ।
हिमाल हाँस्दै 'उठ माथि' भन्छ
पहाडले 'पौरख पोख' भन्छ ।
मधेस सिङ्गो घरको छ थाम
नेपाल प्यारो छ पवित्र धाम ।
पन्छी बनी फुर्र उँडूँ म आज
ब्युँझाउँदै गाउँ र यो समाज ।
झुक्दै नझुक्ने शिर चन्द्रसूर्य
बोकी नथाक्ने मनमा छ धैर्य ।
..गृह पृष्ठ