साहित्य जगतका सम्पूर्ण विधाको संगालो
साहित्य जगतका सम्पूर्ण विधाको संगालो
यहाँहरुलाई हार्दिक स्वागत छ आँधिखोलाको सुसेलीमा ---------->>> ब्लग निर्माणाधीन अबस्थामा छ - नरेश रोकाहा --------->>>>> npliterature.blogspot.com
Home » » गीति कविता

गीति कविता


साथी समिर 

झापा 
हाल : प्रवास बस्ति 

सयपत्रीको रङ्ग भन्दा रगतको डाम राम्रो /
आफू आफू मार्ने मर्ने दाजुभाईको काम राम्रो //
बिहे भोजमा रम्नु भन्दा सिन्दुर पूछ्नु कति राम्रो /
बम बन्दुकको सङ्गीत बज्ने मेरो गाऊँ कति राम्रो //

जता ततै युद्ध चल्छ रणभुमी बन्न पाछ /
गिन्ती सबै कण्ठ भयो लाश सधै गन्न पाछ //
बिकासमा लाग्नु भन्दा काटमार गर्नु कति राम्रो //
दिनदिनै शङ्ख बज्छ मेरो गाऊँ कति राम्रो //

स्कुलका गेट भरी भोटे ताल्चा झुण्डीराछन /
गाईने हिजो डुले सरी बन्धुकधारी डुल्न पाछन //
धर्मकर्म गर्नु भन्दा गला सेर्नु कति राम्रो /
आलो रगतको बाढी आउने मेरो गाऊँ कति राम्रो //

भारोपर्म मेलापातको कुनै नाम निसान छैन /
डल्ले काले नेतै भए बाँकी कोहि किसान छैन !
दिउसै चेली बलात्कृत छन नारी हकहित कति राम्रो /
बगर सधै धुवाई रहने मेरो गाऊँ कति राम्रो /
मेरो गाऊँ कति राम्रो //

*** समाप्त ****


Share this article :
 
Support : | Johny Template | Copyright © 2011. आँधीखोलाको सुसेली - All Rights Reserved
Template Modify by | नरेश रोकाहा |
Proudly powered by Blogger
Design Downloaded from free Blogger templates | free website templates | Seodesign.us | Funny Sport Videos.