![]() |
| Asmi GM |
उ आयो मेरो यो जवानी देखेपछी!
बैशको प्यास मेट्ने पानी देखेपछी!
चन्चले आँखा नागबेली चाला संगै
रुपले भरि पूर्ण खानी देखेपछी!!
टोकेर लाली ओठ मुसु मुसु हाँस्दै
मसक्क मस्की हेर्ने बानी देखेपछी!!
फक्रेको फुल टिप्ने चाह बोकी आज
लाखौँमा मेरो खिचा तानी देखेपछी!!
मायाँमा दिल्को ढुकुटी नै रित्याउने
कुबेर जस्तै अर्को दानी देखेपछी!!
अरुको दिल स-सम्मान पुज्ने मेरो
दयालु पन अनि बानी देखेपछी!!
गाउँका सारा भमरा नै लोभिने यो
बैंसालु मेरो जिन्दगानी देखेपछी!!
मायाँको लागि आफनो ज्यानै दिन सक्ने
निस्वार्थी केटि स्वाभिमानी देखेपछी!!
..गृह पृष्ठ