![]() |
| कल्पना भाबुक |
कल्पना भावुक
.
लजाएर हेरिदिँदा तनै भरी मात लाग्छ
नजिक् आई बसिदेऊ लाग्नैपरे बात लाग्छ!
.
भुल गरी आँखाबाट तिमी ओझेल नपरिदेऊ
दिन पनि मेरा लागि औँशी जस्तै रात लाग्छ!
.
घुम्टो ओढी हिंड तिमी नदेखियोस खाली सिउँदो
तिम्रो निम्ति मरिहत्य गर्नेको याँ ताँत लाग्छ!
.
पछ्यौरीले मुखछोपी हास्ने तिमी गरीदेऊ
तिम्रो हाँसो देखेपछी प्रस्ताबको खात लाग्छ!
.
पराईको आँखा लाग्ला ओठ टोकी नहेर है
खै किन हो तिमीमेरो आफ्नै हुने जात लाग्छ!
काठमाडौँ
हाल इजरायल
..गृह पृष्ठ