सुबाश संगम राई
बैगुनीको सामु मेरो निश्चल मायाँ झुक्यो कसम|
बैगुनीको सामु मेरो निश्चल मायाँ झुक्यो कसम|
बल्झिएर दिलको घाउ जिन्दगी नै दुख्यो कसम|
आफ्नै सम्झी साथ दिए थें, सुख दु:ख पर्दा खेरी,
बदलामा दिल दिएको,मान्छेले नै थुक्यो कसम|
कस्तो मायाँ लाएँ मैले आखिर आँशु पिउनै पर्ने,
सुख छैन जिन्दगीमा हाँसो खुसी लुक्यो कसम|
टुट्यो सारा बिस्वाशहरु,आफ्नै मान्छे ठानी हिंड्दा,
निर्मोहिको पासो भित्र,जीवन मेरो चुक्यो कसम|
यो दिल भित्र पिरतीको, शुन्दर फूल रोपेको थें,
तर आज 'सुवास' छैन सन्तापैमा सुक्यो कसम|
..गृह पृष्ठ