साहित्य जगतका सम्पूर्ण विधाको संगालो
साहित्य जगतका सम्पूर्ण विधाको संगालो
यहाँहरुलाई हार्दिक स्वागत छ आँधिखोलाको सुसेलीमा ---------->>> ब्लग निर्माणाधीन अबस्थामा छ - नरेश रोकाहा --------->>>>> npliterature.blogspot.com
Home » » गजल

गजल

Kalpana Awasthai

Kalpana Awasthai

कहिले काहिँ मेरो सामु परे पनि हुन्थियो
रिसाएर त्यसै आँखा तरे पनि हुन्थियो 

एकोहोरो माया लाए साँचै मन पराए 
मैले जस्तै माया उनले गरे पनि हुन्थियो 


सांस फेर्नु भन्दा धेरै उनकै नाम लिन्छु
 यो मनको माया त्यहाँ सरे पनि हुन्थियो 

बाटो कुर्ने बानि बस्यो माया गर्दा यसरी 
मेरै घरको बाटो गरि झरे पनि हुन्थियो 

"कल्पना" मै बित्ने हो कि मेरो सारा जीवन
माया को त्यो मिठो खुशी छरे पनि हुन्थियो
Share this article :
 
Support : | Johny Template | Copyright © 2011. आँधीखोलाको सुसेली - All Rights Reserved
Template Modify by | नरेश रोकाहा |
Proudly powered by Blogger
Design Downloaded from free Blogger templates | free website templates | Seodesign.us | Funny Sport Videos.