पवन घर्ति मगर
भाई-भाई मिले देखी जीत हुन्छ भन्छन्।
राष्ट्र अनि जनताको हित हुन्छ भन्छन्।
बिकासको बाटो खुल्छ जब जता ततै,
खुसीयाली संधै भरि मीत हुन्छ भन्छन्।
हाते मालो गरि सँधै अघि बढे देखी,
मुहारमा हाँसो खुसी प्रित हुन्छ भन्छन्।
सहयोगी र संद्भाबको मित्रभाब देखी,
दुनियाँले चर्चा गर्ने गीत हुन्छ भन्छन्।
एउटालाई चोट पर्दा अर्कोलाई दुखे,
दुःख जती बिहानीको शित हुन्छ भन्छन्।
..गृह पृष्ठ