मरुभुमीको छाती बाट
तिम्रो दिलको बगैचामा लजाउदै डुल्न पाऊँ
गुलाब भै चमेलीको समिपमा फुल्न पाऊँ
-
तिम्रै निम्ति मरिदिन्थेँ बाच भन्छौ बाचिदिन्छु
स्वर्गे लाग्थ्यो जिन्दगि यो तिम्रो खुसि हुल्न पाऊँ
-
बिर्सिदिंन्थे आफैलाई यौबनको प्यास जाग्दा
तिम्रै न्यानो अंगालोँमा संसार नै भुल्न पाऊँ
-
वर्षा पछि खुलेको त्यो स्वच्छ निलो गगंन झैँ
पिरतीमा सप्तरंगी ईन्दे्णी झैँ खुल्न पाऊँ
..गृह पृष्ठ