भूइँमा खुट्टा टेक्नै कहाँ छोडेको हो मैले?
म दीवाना त फूलकै हुँ सिउँडी रोपेपनि,
मान्छे देख्छन् फगत काँढा गोडे
को हो मैले ।
अँध्यारोमा निद्रामै केहि तानेर सुतेछु म,
भन्नु किन पर्थ्यो फरिया ओढेको हो मैले ।
सोचें, "कैलेबाट जडित अप्रेम बाँच्न थाल्यो?,
दसी खै? प्रेमसँग नाता तोडेको हो मैले?"
..गृह पृष्ठ