साहित्य जगतका सम्पूर्ण विधाको संगालो
साहित्य जगतका सम्पूर्ण विधाको संगालो
यहाँहरुलाई हार्दिक स्वागत छ आँधिखोलाको सुसेलीमा ---------->>> ब्लग निर्माणाधीन अबस्थामा छ - नरेश रोकाहा --------->>>>> npliterature.blogspot.com
Home » » लधुकथा दीपक जडित

लधुकथा दीपक जडित


दीपक जडित 

'आउ भात खाने हैन?' मेहनतले खाना बनाईसकेर उसले सोध्यो । सोधाईमा खाने हो कि हैन भन्ने जान्न चाहनु भन्दा ज्यादा अनुरोधपूर्ण निमन्त्रणा थियो खाना खानको लागी ।

'मैले तँसँग सँगै भात खान्छु भनेर कसरी सोचिस् तैंले?' उसले जवाफ पायो । नितान्त पहिलोपल्ट हैन उनिहरुबिचको ठाकठुक । सानोतिनो कुरामा सानोतिनो ठाकठुक हुनु अस्वभाविक पनि थिएन । परालको आगो सम्झन्थ्यो उ र मनमनै भन्थ्यो 'हुरर्र झ्याप्प' । तर आज ठाकठुकको सिलसिला अलि बेग्लै प्रकारले प्रस्तुत भयो । सम्बोधनमा रहेको सम्मान चिप्लिएर तँ'मा झर्दा उसले सोच्यो । परालकै भएपनि आगो भनेको आगो नै हुँदोरहेछ, सल्किन पो बेर सल्केपछि बिताउन के बेर?

परिस्थितीलाई विचार गरेर ओठेतुरी नगर्न उचित सम्झ्यो उसले र जस्तो गएको उस्तै किचेनमा फर्क्यो । खाना बनाउन्जेलसम्म उसको पेटमा जलिरहेको क्षुधाग्नी कतिबेला ठण्डा भैसकेछ । उसले बनाएको खाना तातै फ्रिजमा हालीदियो । पेटको ठण्डालाई तताउन हातमा पेग लियो र फेसबुक खोल्यो । फेसबुकमा पिलीली हरियो बालेर लस्करै आफन्त, नातागोता, ईष्टमित्रहरु अनलाइन थिए ।

कसैले सोधिपनि हाल्यो, 'के छ हालखबर?'

उसले जवाफ लेख्यो, 'सब ठीक छ ।'

तर तुरुन्तै सम्झ्यो यहि फेसबुकको च्याटले उठाएको ठाकठुकले आज विकराल रुप लिएको छ । र उसले तुरुन्तै फेसबुक बन्द गर्यो ।
Share this article :
 
Support : | Johny Template | Copyright © 2011. आँधीखोलाको सुसेली - All Rights Reserved
Template Modify by | नरेश रोकाहा |
Proudly powered by Blogger
Design Downloaded from free Blogger templates | free website templates | Seodesign.us | Funny Sport Videos.