साहित्य जगतका सम्पूर्ण विधाको संगालो
साहित्य जगतका सम्पूर्ण विधाको संगालो
यहाँहरुलाई हार्दिक स्वागत छ आँधिखोलाको सुसेलीमा ---------->>> ब्लग निर्माणाधीन अबस्थामा छ - नरेश रोकाहा --------->>>>> npliterature.blogspot.com
Home » » कविता - साथी समिर

कविता - साथी समिर


अहँ ,
छदै छैन यी आखाँमा तिम्रो प्रतिमा ,
युग भयो छायाँ सम्म नदेखेको ,
हो , दिलको कुनामा धमिलो तस्बिर छ ,
फाटेको टोपी , च्यातिएको दौरा ,
मुजा परेको निधार ,
नयनमा असिमित प्यार सहित ,
मेरो हरेक हर्कतको नजर अन्दाज गर्ने ,
पक्कै मेरो बाबा हुनु पर्छ /

नीयती अनौठो दियौ ,
हे ईश्वर ,
यी आखाँले ठम्याऊँन नपाऊँदै ,
यी हातले अघाऊन्जेल सुम्सुम्याऊँन नापाऊँदै ,
बज्र प्रहार गर्दै , 
पुर्यायौ स्वर्ग अथवा कुनै दुर संसारमा ,
आज ,
मात्र दुई थोपा आँशु झारी सम्झना चढाऊँन सक्छु ,
मुटु निचोरी फलाक्न सक्छु ,
चित्कारका दुई शब्द ..............बाबा बाबा /

हरेक बर्ष यसरी नै झर्ने गर्छन ,
मेरा यी दुई थोपा आशुँ ,
आज झैं सायद भोली पनि /
लाग्थ्यो बिदेशी झैँ छुट्टी मिलाएर आए हुन्थ्यो ,
त्यो मृत्यु सपना भएर ,
झल्यास्स ब्युझदा आफ्नै आगाडी पाऊँ ,
तर म त्यती भाग्यमानी कहाँ ?

थाहा छ ,
आमाले झार्ने हरेक थोपा थोपा आँशुमा मैले तिम्रो अभाब देखेको छु ,
त्यो मौनताले सधैं तिम्रो नाम जपेको महसुस गरेको छु /
बुझ्यौ या बुझेनौ ,
अरु केहि सकिन ,
स्विकार गर्नु है ,
आजको दिन यो दुई थोपा आँशु अर्पण गर्दैछु ,
एक मुठी यादको कोसेली चढाएको छु ,
स्विकार गर्नु है /
केवल तिम्रो सम्झनामा /

**** समाप्त ****


साथी समिर 
झापा 
हाल : प्रवास बस्ति 
Share this article :
 
Support : | Johny Template | Copyright © 2011. आँधीखोलाको सुसेली - All Rights Reserved
Template Modify by | नरेश रोकाहा |
Proudly powered by Blogger
Design Downloaded from free Blogger templates | free website templates | Seodesign.us | Funny Sport Videos.