विश्वासको दियो कतै निभ्ने हो कि फेरि
नियतिले मेरा खुसी छिन्ने हो कि फेरि ?
नरम थियो बचन किन तीखा काँडा बन्न थाले
ढुकढुकीमा थियो बास ऐले टाढा बन्न थाले
लुटिन्छ कि खुसी सबै पीडा मिल्ने हो कि फेरि
विस्वासको दियो कतै निभ्ने हो कि फेरि ?
चन्द्रमाको उज्यालोमा छायो भने औंशी को रात
पबित्र यो मायामा नि मिल्यो भने मायाको घात
त्यै चोटले पागल बनी हिड्ने हो कि फेरि
नियतिले मेरा खुसी छिन्ने हो कि फेरि ?
..गृह पृष्ठ