साहित्य जगतका सम्पूर्ण विधाको संगालो
साहित्य जगतका सम्पूर्ण विधाको संगालो
यहाँहरुलाई हार्दिक स्वागत छ आँधिखोलाको सुसेलीमा ---------->>> ब्लग निर्माणाधीन अबस्थामा छ - नरेश रोकाहा --------->>>>> npliterature.blogspot.com
Home » » गजल - डालीबाट नझरेरै ओईलिए छु म

गजल - डालीबाट नझरेरै ओईलिए छु म

आनन्द श्री नेपाली 

आनन्द श्री नेपाली 

डालीबाट नझरेरै ओईलिए छु म
उनले माया नगरेरै ओईलिए छु म

बाढी हेर्दै वारि बसेँ तर्नै गाह्रो भो
त्यही बाढी नतरेरै ओईलिए छु म


नरम नरम यी अंगका बयान सुन्दै'थें
सुगन्ध क्यै नछरेरै ओईलिए छु म !

जुन हाँगामा फूलेँ सधैँ त्यहीँ रमाएँ
गुलाफ जस्तो नसरेरै ओईलिए छु म

म फुल्दा त बोटै फुल्यो, मर्यो त्यही साल
बोट मर्दा नि नमरेरै ओईलिए छु म

मर्नु पर्ने 'आनन्द'को रहर पलायो
मनको घैलो नभरेरै ओईलिए छु म ।
Share this article :
 
Support : | Johny Template | Copyright © 2011. आँधीखोलाको सुसेली - All Rights Reserved
Template Modify by | नरेश रोकाहा |
Proudly powered by Blogger
Design Downloaded from free Blogger templates | free website templates | Seodesign.us | Funny Sport Videos.