
'नरेन्द्र घर्ती '
झर्यो जीवन कोपिलामै, जीन्दगीभर फुल्न सकिंन
स्वार्थ लुटेर छोडी जाने, निस्थुरीलाई भुल्न सकिंन !
घाम लाग्दैन यो मनमा, सधैं बादल छाई'रहन्छ
बर्षायामको झरी जस्तै, आँखामा आँशु आई'रहन्छ:
अध्यारो मन्मा खुसी भर्न, उजेली बनी खुल्न सकिंन
स्वार्थ लुटेर छोडी जाने, निस्थुरीलाई भुल्न सकिंन ;
मिलन भयो दोभानमा, बगी'रह्यौ सागर भेट्न
नौलो संसार पिरतिको, तिर्षना मन्का रहर मेट्न:
पवित्र चोखो माया सम्झे, जहर बनी घुल्न सकिंन
स्वार्थ लुटेर छोडी जाने, निस्थुरीलाई भुल्न सकिंन ;
झर्यो जीवन कोपिलामै, जीन्दगीभर फुल्न सकिंन
स्वार्थ लुटेर छोडी जाने, निस्थुरीलाई भुल्न सकिंन !
'नरेन्द्र घर्ती '
..गृह पृष्ठ