कल्पना भावुक
लजाएर हेरिदिँदा तनै भरी मात लाग्छ
नजिक् आई बसिदेऊ लाग्नैपरे बात लाग्छ
.
भुलेर नी आँखाबाट तिमी ओझेल नपरिदेऊ
दिन पनि मेरा लागि औँशी जस्तै रात लाग्छ
.
घुम्टो ओढी हिंड तिमी खाली सिउँदो नदेखियोस
तिम्रो निम्ति मरिहत्य गर्नेको नै ताँत लाग्छ
.
पछ्यौरीले मुखछोपी हास्ने तिमी गरीदेऊ
तिम्रो हाँसो देखेपछी प्रस्ताबको खात लाग्छ
.
ओठ टोकी नहेर है पराईको आँखा लाग्ला
खै किन हो तिमीमेरो आफ्नै हुने जात लाग्छ
काठमाडौँ
कल्पना भाबुकको प्रकाशित कृति स्मृतिका पानाहरु ...

..गृह पृष्ठ