साहित्य जगतका सम्पूर्ण विधाको संगालो
साहित्य जगतका सम्पूर्ण विधाको संगालो
यहाँहरुलाई हार्दिक स्वागत छ आँधिखोलाको सुसेलीमा ---------->>> ब्लग निर्माणाधीन अबस्थामा छ - नरेश रोकाहा --------->>>>> npliterature.blogspot.com
Home » » गजल

गजल

 Bhakti Prasad Paudyal


अन्जानैमा उनको स्वार्थ नाङ्गिएर जाँदै छ 
हिजोभन्दा आज कुरा बाङ्गिएर जाँदै छ 

रहरकै चाङमुनि हराएको मान्छे हुँ 
कति जतन गरूँ , पीडा झाङ्गिएर जाँदै छ 

जिन्दगीको सार सुन्दर सपनाकै महल त्यो 
सागर तरे पनि इच्छा टाङ्गिएर जाँदै छ 

गाँठो एउटा नफुकाउँदै , सामु अर्को तयार छ 
जटिलता पहाड झैँ चाङ्गिएर जाँदै छ 

कुइराको काग बनी निरुद्देश्य हिँडेँ म 
मुलबाटो नै पाइलैपिच्छे हाङ्गिएर जाँदै छ 
Share this article :
 
Support : | Johny Template | Copyright © 2011. आँधीखोलाको सुसेली - All Rights Reserved
Template Modify by | नरेश रोकाहा |
Proudly powered by Blogger
Design Downloaded from free Blogger templates | free website templates | Seodesign.us | Funny Sport Videos.