अझै रात उस्तै छ तर जून बदलियो
सारंगी त रेटिन्छ तर धुन बदलियो
नम्बरी सुनलाई कसी लाउनु पर्दैन
थियो होला पहेंलो तर सुन बदलियो
तिम्ले खाने खाना र मैले खाने खानामा
स्वाद उस्तै हुँदो हो तर नुन बदलियो
पत्थरलाई फूलले कहाँ छ र गालेको
देख्दा फूल उस्तै छ तर गुण बदलियो