गजल - आकांक्षा शर्मा


नयन फूल रहे मनको बाग भर्पुर भेटिनेछ।
 आँटे पिंध सागरको मोती जरुर भेटिनेछ । 

 धकलेर भुमरीमा किनारामा खोज्छौ ब्यर्थ,
डुबि सक्यो गहिराइमा अब ऊ दुर भेटिनेछ। 


शहर उसको वकालत,न्यायधीश उस्कै हातमा, 
न्याय कहाँ तिम्रो हकमा आँफै कसुर भेटिनेछ। 


हौशलाको डुंगा बढ्यो रफ्तारमा क्षितिज छून,
सक्ने छेक,भाग्न ऊ झन बढि आतुर भेटिनेछ। 



बोकी बोझ आकांक्षाको चढ्यो चुम्न शिखर त्यो,
 खन्यौ जहाँ चिहान उसको,अब गजुर भेटिनेछ।


                                                                   -आकांक्षा शर्मा  

गीत - नरेश रोकाहा

Naresh Rokaha
http://nareshrokaha.blogspot.com


 नरेश रोकाहा

रसभर कहाँ रहें निचोरेर बेदनाले
जली रह्यो आत्मा सधै पिरोलेर सम्झनाले

गुन थियो लगाएको भुल्नु पाप गरि उसले
तोडी साथ रोजी पराई गर्नु श्राप गरि उसले
छट्पटीए रात भरी भाग्यले नै लुटे पछी
एक्लो रहें रित्तो बनें समन्ध यो टुटे पछी

रसभर कहाँ रहें निचोरेर बेदनाले
जली रह्यो आत्मा सधै पिरोलेर सम्झनाले

कति निठुर हुन्छ मान्छे तर्की जान्छ अरु मर्दा
रोकीदिने हुन्न कोहि आँखा बाट आँशु झर्दा
भुली सारा उसलाई रोजें अतित छोडी गई टाढा
ज्वाराभाटा दिलमा रोपी वाचा तोडी भई टाढा

रसभर कहाँ रहें निचोरेर बेदनाले
जली रह्यो आत्मा सधै पिरोलेर सम्झनाले

     स्याङ्गजा ( हाल : यु )
 

लधुकथा दीपक जडित


दीपक जडित 

'आउ भात खाने हैन?' मेहनतले खाना बनाईसकेर उसले सोध्यो । सोधाईमा खाने हो कि हैन भन्ने जान्न चाहनु भन्दा ज्यादा अनुरोधपूर्ण निमन्त्रणा थियो खाना खानको लागी ।

'मैले तँसँग सँगै भात खान्छु भनेर कसरी सोचिस् तैंले?' उसले जवाफ पायो । नितान्त पहिलोपल्ट हैन उनिहरुबिचको ठाकठुक । सानोतिनो कुरामा सानोतिनो ठाकठुक हुनु अस्वभाविक पनि थिएन । परालको आगो सम्झन्थ्यो उ र मनमनै भन्थ्यो 'हुरर्र झ्याप्प' । तर आज ठाकठुकको सिलसिला अलि बेग्लै प्रकारले प्रस्तुत भयो । सम्बोधनमा रहेको सम्मान चिप्लिएर तँ'मा झर्दा उसले सोच्यो । परालकै भएपनि आगो भनेको आगो नै हुँदोरहेछ, सल्किन पो बेर सल्केपछि बिताउन के बेर?

परिस्थितीलाई विचार गरेर ओठेतुरी नगर्न उचित सम्झ्यो उसले र जस्तो गएको उस्तै किचेनमा फर्क्यो । खाना बनाउन्जेलसम्म उसको पेटमा जलिरहेको क्षुधाग्नी कतिबेला ठण्डा भैसकेछ । उसले बनाएको खाना तातै फ्रिजमा हालीदियो । पेटको ठण्डालाई तताउन हातमा पेग लियो र फेसबुक खोल्यो । फेसबुकमा पिलीली हरियो बालेर लस्करै आफन्त, नातागोता, ईष्टमित्रहरु अनलाइन थिए ।

कसैले सोधिपनि हाल्यो, 'के छ हालखबर?'

उसले जवाफ लेख्यो, 'सब ठीक छ ।'

तर तुरुन्तै सम्झ्यो यहि फेसबुकको च्याटले उठाएको ठाकठुकले आज विकराल रुप लिएको छ । र उसले तुरुन्तै फेसबुक बन्द गर्यो ।

गजल -साथी समिर

गजल 

प्यारको प्रहारले पिडित छ मन मेरो 
तिम्रो अभावमा मुर्छित छ मन मेरो 

आऊने जाने'त धेरै भए यो जीवनमा 
तर पनि तिमी मै निहित छ मन मेरो 

सुन्दर फूल माथी सबै नजर लगाऊँछन् 
पराई नजरले भयभीत छ मन मेरो 

जलाऊ टुटाऊ भुल्दैन तिम्रो प्रतिमा 
तिम्रो'नै नामले निर्मित छ मन मेरो 

युग युगान्तर समिर तिम्रो हुनेछ
तिम्रै नसीबमा लिखित छ मन मेरो 

साथी समिर 
झापा 
हाल : प्रवास बस्ती

कविता - साथी समिर


अहँ ,
छदै छैन यी आखाँमा तिम्रो प्रतिमा ,
युग भयो छायाँ सम्म नदेखेको ,
हो , दिलको कुनामा धमिलो तस्बिर छ ,
फाटेको टोपी , च्यातिएको दौरा ,
मुजा परेको निधार ,
नयनमा असिमित प्यार सहित ,
मेरो हरेक हर्कतको नजर अन्दाज गर्ने ,
पक्कै मेरो बाबा हुनु पर्छ /

नीयती अनौठो दियौ ,
हे ईश्वर ,
यी आखाँले ठम्याऊँन नपाऊँदै ,
यी हातले अघाऊन्जेल सुम्सुम्याऊँन नापाऊँदै ,
बज्र प्रहार गर्दै , 
पुर्यायौ स्वर्ग अथवा कुनै दुर संसारमा ,
आज ,
मात्र दुई थोपा आँशु झारी सम्झना चढाऊँन सक्छु ,
मुटु निचोरी फलाक्न सक्छु ,
चित्कारका दुई शब्द ..............बाबा बाबा /

हरेक बर्ष यसरी नै झर्ने गर्छन ,
मेरा यी दुई थोपा आशुँ ,
आज झैं सायद भोली पनि /
लाग्थ्यो बिदेशी झैँ छुट्टी मिलाएर आए हुन्थ्यो ,
त्यो मृत्यु सपना भएर ,
झल्यास्स ब्युझदा आफ्नै आगाडी पाऊँ ,
तर म त्यती भाग्यमानी कहाँ ?

थाहा छ ,
आमाले झार्ने हरेक थोपा थोपा आँशुमा मैले तिम्रो अभाब देखेको छु ,
त्यो मौनताले सधैं तिम्रो नाम जपेको महसुस गरेको छु /
बुझ्यौ या बुझेनौ ,
अरु केहि सकिन ,
स्विकार गर्नु है ,
आजको दिन यो दुई थोपा आँशु अर्पण गर्दैछु ,
एक मुठी यादको कोसेली चढाएको छु ,
स्विकार गर्नु है /
केवल तिम्रो सम्झनामा /

**** समाप्त ****


साथी समिर 
झापा 
हाल : प्रवास बस्ति 

गीत - नरेन्द्र घर्ति


नरेन्द्र घर्ति

 
शुभ दिन बिहानीको, शित बनी आउँ तिमी
ह्रदयमा बास बस्न, प्रित बनी आउँ तिमी !

नाता जोडी अधेंरीको, तारा अनी जुनसँग
भाव पोख्दै संगीतको, सुर ताल धुनसँग.
मन मुटु स्पर्श गर्ने, गीत बनी आउँ तिमी
ह्रदयमा बास बस्न, प्रित बनी आउँ तिमी;

शुन्य मेरो जिन्दगीमा, छाईदिदैं हरियाली
पिडादायी जीवनमा, भरीदिदैं खुशीयाली  .
सधैं'भरी बशन्तको, रित बनी आउँ तिमी
ह्रदयमा बास बस्न, प्रित बनी आउँ तिमी;

शुभ दिन बिहानीको, शित बनी आउँ तिमी
ह्रदयमा बास बस्न, प्रित बनी आउँ तिमी !


गजल ...कल्पना भावुक

कल्पना भाबुक 



कल्पना भावुक


.
लजाएर  हेरिदिँदा तनै  भरी  मात लाग्छ
नजिक् आई बसिदेऊ लाग्नैपरे बात लाग्छ!
 .
भुल गरी आँखाबाट तिमी ओझेल नपरिदेऊ  
दिन पनि मेरा लागि औँशी जस्तै रात लाग्छ!
 .
घुम्टो ओढी हिंड तिमी नदेखियोस खाली सिउँदो
तिम्रो  निम्ति  मरिहत्य गर्नेको याँ ताँत लाग्छ!
 .
पछ्यौरीले  मुखछोपी  हास्ने तिमी गरीदेऊ 
तिम्रो हाँसो देखेपछी प्रस्ताबको खात लाग्छ!
 .
पराईको आँखा लाग्ला ओठ टोकी  नहेर है  
खै किन हो तिमीमेरो आफ्नै हुने जात लाग्छ!


काठमाडौँ
हाल इजरायल 

गीत :- पूर्ण जी मुस्कान


                 गीत :- पूर्ण जी मुस्कान        

कयौं याद अतित बनि अल्झिनु थ्यो अल्झी रहे !
जिन्दगीका सारा खुसि बल्झिनु थ्यो बल्झी रहे !!

आँसु लुकाई परेलीमा हाँसो लुकाई हास्दा सम्म !
इर्श्या गर्छन यो दुनिया चोखो नाता गास्दा सम्म !!
गुम्सिएर मनका  पिडा अल्झिनु थ्यो अल्झी रहे !
जिन्दगीका सारा खुसि बल्झिनु थ्यो बल्झी रहे !!

घरि घरि कल्पनामा आउने मान्छे  खोजुं भन्थें !
जुनी भरि प्रित भाका गाउने मान्छे खोजुं  भन्थें !!
प्रित फुल्ने भाका भरि अल्झिनु थ्यो अल्झी रहे !
जिन्दगीका सारा खुसि बल्झिनु थ्यो बल्झी रहे !!

कयौं याद आतित बनि अल्झिनु थ्यो अल्झी रहे !
जिन्दगीका सारा खुसि बल्झिनु थ्यो बल्झी रहे !!

गीत - सुचित्रा खनिया


- सुचित्रा खनिया

कसरी म जोडौँ अब जोडेको मन तोडेपछि
जीवन भर डोर्‍याउनेले बीच बाटोमै छोडेपछि

सोच्थें सधैँ पूर्णिमाको रात जस्तै माँया होस
सप्तरंगी झल्किएको इन्दे्णीको छाँया होस
जिन्दगी नै फिका भयो मायाको रंग उडेपछि
जीवन भर डोर्‍याउनेले बीच बाटोमै छोडेपछि

उदासि यो जिन्दगीमा खुसीको रंग भर्छु भन्थें
मिर्मिरेको बिहानी भै उषा लाली छर्छु भन्थें
संगालेका रहर मेरा सिसा सरी फुटेपछि
कसरी म जोडौँ अब त्यही मन तोडे पछि।

- सुचित्रा खनिया

गजल -साथी समिर

         साथी समिर 

यो धर्ती त्यो गगनमा प्यार छ मेरो ,
त्यो मन त्यो जीवनमा प्यार छ मेरो /

मदिरा झै मताऊँने तिम्रो नजर ,
त्यो लजालु नयनमा प्यार छ मेरो / 

लठ्ठ पर्छु पलपल सुनी त्यो बोली ,
त्यो मायालु बचनमा प्यार छ मेरो / 

पिई रहुँ लाग्छ सधै प्याला ओठको , 
त्यो रसिलो बदनमा प्यार छ मेरो / 


प्रवास बस्ती ,
झापा 

गजल - नरेश रोकाहा


नरेश रोकाहा 
                     अरुको त्यो  बिबशता कस्ले नापी दिन्छ यहाँ
झर्दा आफ्नै अश्रुधारा कस्ले थापी दिन्छ यहाँ

दया गरि छेकिदैन पुषमाघको चिसो बतास
चुहिने त्यो घरको पाली कस्ले छापी दिन्छ यहाँ

 मृत्यु टाढा हुन्न तर बाँच्नै खोज्छन्  मान्छेहरु
सुखी जातले दुखिलाई दुखै खापी  दिन्छ यहाँ

कति झुटो भयो संसार आफै मात्र बाँच्न खोज्छ
सत्कर्मनै गर्दा मानब संज्ञा पापी दिन्छ यहाँ 

गुन गर्दा बैगुन हुन्छ सत्य बोल्दा पच्दैन त्यो
     झुटकै खेति हुन्छ अनि झुटनै फापी  दिन्छ यहाँ 

गजल - कल्पना भावुक


कल्पना भावुक
लजाएर हेरिदिँदा तनै भरी मात लाग्छ
नजिक् आई बसिदेऊ लाग्नैपरे बात लाग्छ
.
भुलेर नी आँखाबाट तिमी ओझेल नपरिदेऊ 
दिन पनि मेरा लागि औँशी जस्तै रात लाग्छ
.
घुम्टो ओढी हिंड तिमी खाली सिउँदो नदेखियोस
तिम्रो निम्ति मरिहत्य गर्नेको नै ताँत लाग्छ
.
पछ्यौरीले मुखछोपी हास्ने तिमी गरीदेऊ
तिम्रो हाँसो देखेपछी प्रस्ताबको खात लाग्छ
.
ओठ टोकी नहेर है पराईको आँखा लाग्ला
खै किन हो तिमीमेरो आफ्नै हुने जात लाग्छ
काठमाडौँ


कल्पना भाबुकको प्रकाशित कृति स्मृतिका पानाहरु ...




गजल - नरेश रोकाहा

नरेश रोकाहा 

आफ्नै खुल्ला परेली यी ब्युझाउदै छु अचेल
दिलको आगो आगोलेनै निभाउदै छु अचेल
 
नजरको  तिर लाग्यो भन्छन भन्ने हरु
नहेरेरै हेर्नेलाई सताउँदै छु अचेल
 
बाटो ढुकी बस्छन कोहि कोहि दैलो सामु 
नबोलेरै कसैसंग कराउदै छु अचेल
 
जल्नेहरु जलेकै छन् गोधुलीमा सधै
बाटो भरी आफै काँडा बिछ्याउदै छु अचेल
 
उज्यालोले धकेल्दै पर पर जीवन
दिन ढल्दा मनमा  हुरी चलाउदै छु अचेल
 
निचोर्दै जिन्दगीयो कुसंस्कारले  सधै
देखेका त्यी स्वाप्नाहरु भत्काउदै छु अचेल

http://nareshrokaha.blogpspot.com 

गीत - सुचित्रा खनिया


- सुचित्रा खनिया

विश्वासको दियो कतै निभ्ने हो कि फेरि
नियतिले मेरा खुसी छिन्ने हो कि फेरि ?


गजल - अस्मि जी एम

Asmi GM
 Asmi GM

उ आयो मेरो यो जवानी देखेपछी! 
बैशको प्यास मेट्ने पानी देखेपछी!

चन्चले आँखा नागबेली चाला संगै 
रुपले भरि पूर्ण खानी देखेपछी!!