गजल - आकांक्षा शर्मा


नयन फूल रहे मनको बाग भर्पुर भेटिनेछ।
 आँटे पिंध सागरको मोती जरुर भेटिनेछ । 

 धकलेर भुमरीमा किनारामा खोज्छौ ब्यर्थ,
डुबि सक्यो गहिराइमा अब ऊ दुर भेटिनेछ। 


शहर उसको वकालत,न्यायधीश उस्कै हातमा, 
न्याय कहाँ तिम्रो हकमा आँफै कसुर भेटिनेछ। 


हौशलाको डुंगा बढ्यो रफ्तारमा क्षितिज छून,
सक्ने छेक,भाग्न ऊ झन बढि आतुर भेटिनेछ। 



बोकी बोझ आकांक्षाको चढ्यो चुम्न शिखर त्यो,
 खन्यौ जहाँ चिहान उसको,अब गजुर भेटिनेछ।


                                                                   -आकांक्षा शर्मा