गजल - नरेश रोकाहा


नरेश रोकाहा 
                     अरुको त्यो  बिबशता कस्ले नापी दिन्छ यहाँ
झर्दा आफ्नै अश्रुधारा कस्ले थापी दिन्छ यहाँ

दया गरि छेकिदैन पुषमाघको चिसो बतास
चुहिने त्यो घरको पाली कस्ले छापी दिन्छ यहाँ

 मृत्यु टाढा हुन्न तर बाँच्नै खोज्छन्  मान्छेहरु
सुखी जातले दुखिलाई दुखै खापी  दिन्छ यहाँ

कति झुटो भयो संसार आफै मात्र बाँच्न खोज्छ
सत्कर्मनै गर्दा मानब संज्ञा पापी दिन्छ यहाँ 

गुन गर्दा बैगुन हुन्छ सत्य बोल्दा पच्दैन त्यो
     झुटकै खेति हुन्छ अनि झुटनै फापी  दिन्छ यहाँ