गजल -साथी समिर

गजल 

प्यारको प्रहारले पिडित छ मन मेरो 
तिम्रो अभावमा मुर्छित छ मन मेरो 

आऊने जाने'त धेरै भए यो जीवनमा 
तर पनि तिमी मै निहित छ मन मेरो 

सुन्दर फूल माथी सबै नजर लगाऊँछन् 
पराई नजरले भयभीत छ मन मेरो 

जलाऊ टुटाऊ भुल्दैन तिम्रो प्रतिमा 
तिम्रो'नै नामले निर्मित छ मन मेरो 

युग युगान्तर समिर तिम्रो हुनेछ
तिम्रै नसीबमा लिखित छ मन मेरो 

साथी समिर 
झापा 
हाल : प्रवास बस्ती