गजल

रमेश बिमान 

रमेश बिमान 

होसमा  छैनौ  तिमी पिलाएर भन्नु 
चुकेँ  भनेँ  नामर्द  गिजाएर  भन्नु

कहाँ थिएँ नाङ्गै ?तिम्ले चिन्नु अघी ? ?
नआउनुस  अब ! रिसाएर  भन्नु


तिनै  याद  बोकी हिड्दो रै'छौ अझै
सुनुन् सारा जगले चिच्याएर भन्नु

प्यारमा जल्छ मान्छे,स्वीकारेँ यो रमेश
सिउँदो  छोप्दा केश  फिजाएर  भन्नु