गजल

Kalpana Awasthai

Kalpana Awasthai

कहिले काहिँ मेरो सामु परे पनि हुन्थियो
रिसाएर त्यसै आँखा तरे पनि हुन्थियो 

एकोहोरो माया लाए साँचै मन पराए 
मैले जस्तै माया उनले गरे पनि हुन्थियो 


सांस फेर्नु भन्दा धेरै उनकै नाम लिन्छु
 यो मनको माया त्यहाँ सरे पनि हुन्थियो 

बाटो कुर्ने बानि बस्यो माया गर्दा यसरी 
मेरै घरको बाटो गरि झरे पनि हुन्थियो 

"कल्पना" मै बित्ने हो कि मेरो सारा जीवन
माया को त्यो मिठो खुशी छरे पनि हुन्थियो