गजल

 Bhakti Prasad Paudyal


अन्जानैमा उनको स्वार्थ नाङ्गिएर जाँदै छ 
हिजोभन्दा आज कुरा बाङ्गिएर जाँदै छ 

रहरकै चाङमुनि हराएको मान्छे हुँ 
कति जतन गरूँ , पीडा झाङ्गिएर जाँदै छ 

जिन्दगीको सार सुन्दर सपनाकै महल त्यो 
सागर तरे पनि इच्छा टाङ्गिएर जाँदै छ 

गाँठो एउटा नफुकाउँदै , सामु अर्को तयार छ 
जटिलता पहाड झैँ चाङ्गिएर जाँदै छ 

कुइराको काग बनी निरुद्देश्य हिँडेँ म 
मुलबाटो नै पाइलैपिच्छे हाङ्गिएर जाँदै छ