गजल



आनन्द श्री नेपाली 

हाम्रो नाता उस्तै रहोस् भेटिएर छुटे पनि
मनमा माया बाँची रहोस् धरती नै फुटे पनि

नरित्तियोस् बाग कैल्यै हावाहुरी चल्दाखेरि
विश्वास अनि भरोसा होस् भेट्ने आशा टुटे पनि


जातले कतै हाम्रो माया दुई किनारको नदी नहोस्
निश्चिन्त भै बाँचौँ हामी जोरिपारि जुटे पनि

सबैसँग उस्तै रहोस् व्यवहार मेरो प्रिय !
दुनियाँले ढाँटी-ढाटी मनको शान्ति लुटे पनि

जिन्दगी यो कठिनै छ "आनन्दै" छ भने पनि
वर्षातमा भिजौँ हामी असिनाले चुटे पनि