गजल



Dinesh Raj Gyawali




आजभोलि यही सानो कुराको अभाव भन्नुपर्छ । 
असल लाई असल खराबलाई खराब भन्नुपर्छ ।

तिम्रो गाउँमा नआउने कसम खाएँ हिजै मात्र ।
घमण्ड ? हैन -हैन यस्लाई स्वभाव भन्नुपर्छ ।


खै !कहिले होला मेरो सपनाको देश मेरो देश ?।
कहिलेकाँही प्रश्ननै प्रश्नको जबाब भन्नुपर्छ ।

असारमा रसाउने मूललाई अरु के नै भनौं?
यसो गरौंआँसु नभनौ बर्षाको प्रभाव भन्नुपर्छ ।