गजल

साथी समिर

कति पर्छ एक तोला सुनको मूल्य काका ?
किन यस्तो सस्तो भाको खुनको मूल्य काका ?

नाङ्गो हुँदा थाहा होला लाजको महत्व त्यो ,
किन कोहि बुझ्दैन'याँ ऊनको मूल्य काका /



ईच्छा कहाँ हो'र मेरो विदेश भासिई जाने ,
कति धेरै बढ्या देशमा नुनको मूल्य काका /

थोपा थोपा दुध पिए , काट्छन आज गाई ,
के'गरेर चुक्ता होला थुनको मूल्य काका ?

पैसाले'नै सबै सबै संसार किन्छु भन्छन ,
कस्ले यहाँ तिर्न सक्छ जूनको मूल्य काका ?