गजल


आशंका  अबिस्वास् मा  झुकाब हुन्थ्यो भने
कसले गर्थ्यो विस्वास् मनको नकाब हुन्थ्यो भने 

परालको  आगो हो  झगडा  दम्पतिको
फाट्ने थियो भरोशा त्यो किताब हुन्थ्यो भने

हांसी खुशी कहाँ हुन्थ्यो बिहानी जिन्दगीको
एक् अर्कामा समर्पणको अभाब हुन्थ्यो भने


हुन्न फरक धर्म कर्म न रगत् बेग्लै हुन्छ  
कसले मान्थ्यो सस्कार यो खराब हुन्थ्यो भने

चन्द्र पुग्थ्यौ हामि पनि एक्काइसौं  शताब्दीमै
उन्नतिको  सधै  यौटै  बहाब हुन्थ्यो  भने

कति कुरा  जानी जानी   अबुझै   हुनु पर्छ
बिज्ञ हुन्थ्यौ हर् प्रश्नको जवाव हुन्थ्यो भने

     Naresh Rokaha , U.A.E