फूल हो या अधर तिम्रो आँखा तिर्मिरायो !!
तीर हो या नजर तिम्रो आँखा तिर्मिरायो !!
.
बिल्पाते हौ सस्मित छौ लचक् षोडशीको
बोली हो या सखर तिम्रो आँखा तिर्मिरायो !!
.
दोष गुण गालीमोली छोप्यौ ममताले
मन हो या सगर तिम्रो आँखा तिर्मिरायो !!
.
पिरतीको मोहनास्त्र बानी शंखिनीको
माया हो या जहर तिम्रो आँखा तिर्मिरायो !!
.
जोली बनी बाँचौं भन्थ्यौ जारिणी भै हिड्यौ
मुटु हो या पत्थर तिम्रो आँखा तिर्मिरायो !!
,
..गृह पृष्ठ