गजल

                                                              नरेश रोकाहा स्यांगजा
नरेश रोकाहा स्यांगजा हाल : यु ए ई

जिन्दगीले कहाँ पुग्छ्स? सोधेर गयो 
बिना टुंगो मलाई बाटो छोडेर गयो ||

म चाहन्थें आकाश छुन चन्द्रमा छुन 
आफ्नालेनै थोत्रो भर्यांग भाँचेर गयो ||

जन्मिएको बस्ति सधै दुखले रुझ्थ्यो 
तर आजै कुहिरोले छोपेर गयो ||

पन्छी सरि उडू लाग्थ्यो स्वतन्त्र भई 
पुतलीझैँ साँझबत्तीमा होमेर गयो ||

न उकाली न ओराली तटस्थ छु म 
समयले दोबाटोमा बाँधेर गयो ||