आमा - बैरागी जेठा


                                                       - वैरागी जेठा
आमा
एकछत्र उर्लँदै
अल्मोडा बाट
क्रान्तिको फूल फूलाईरहेछु
चेतनाको झरी बर्षाएर
मनका गोलीहरु
गढगढाएर पड्किरहेछन्
आमा
नाला पानी
पिउँदै हलाहल
प्रतप्त अग्नि सल्काउँदै
घनश्याम ढाक्छ आकाश
गर्जदै आशुँ झार्छ
सर्वागं जुर्मुरा भन्छ
यन्त्रालयलाई कैद गर्दै
अमर ध्वनिमा
शहिदको रगत बोल्छ
देउथलमा
म 
रक्त बृष्टिसुरु गर्दे
नेपाली राष्टिय झण्डा फरफराईरहेछु
मानिसहरुका रगत
गोला भएर पड्किरहेछ
पटट पटट पटट
आमा
मेरो नायकत्वमा
अलमाडा कब्जा हुँदैछ
विश्वाँस गर
उसको छातिमा
भक्तिको रगत बोलीरहेछ
क्रन्तिको विगुल बजाएर
म आँखा उघारीरहेछु
घुर्चिमा ओछयाईएको मार्कस वादमा
म पाईला चालीरहेछु
युद्धको बृद्धि गराउन
आमा
अल्मोडा जित्ने अभिलासामा
मैले मानिसहरु ब्यूझाई सकेकोछु
उ हाम्रो कलेजो हो
टिष्टा हाम्रो फेक्सो हो
यस्तोछणमा
उनिहरुसँग अलग्गिएर बस्न सक्तिन
उनिहरुलाई मुक्तिदिलाउन
निस्कलंक उक्लेरयुद्ध लड्न सक्छु
विश्वाँस गर आमा
भेरै लड्यौ अलमोडा हाम्रो हुन सकिरहेको छैन
भक्ति थापाको रगतले सिंचिएको 
त्यो आम्रो भूमि
अमर र भक्तिका कथहरु पुराना होईनन्
जस्लाई हामी विर्सन सक्तैनौ
यतिबेला हामीले भूल्न हुन्न
म एउटा सिपाही मात्र हुँ
विक्रितिको बिरुद्ध बोल्ने
मेरा सपनाहरु भनेकै
अल्मोडा र आसाम
सानदार आफैतिर फर्काउनु हो
हामी लुटिएका छौ भनै नसकिने छणहरु
हाम्रा् आस्थाले
अल्मोडा पाउनै पर्छ
आमी जातिय युद्धका कुरा गरिरहेछौँ 
जातियतामा हौईन आमा
दुर्गन्धि समाज बगाएर
रा वि झै परिवर्तन हुनु छ
मैले आत्न सात गरेको छु
हामीले सजिलै जित्ने छौं
अल्मोडाहरु
हाम्रो गन्तब्य
हाम्रो सघर्ष नै
आसामहरु
नेपालमा गाभ्नु हो
म भित्रको एउटा उर्जा
पानीको बेग झं वगिरहेछ । 
दुषित राजनितिको अति क्रमणलाई
स्वच्छताको मुक्ति गराउनु छ
म हजारौ हजार आवेग उर्लिरहेका छन्
पानीकोछाल झैं
सहज प्रवाह ुँदै
बिशाल नेपाल बनाउनु छ
वैचारी क्रmुर्रताले मात्र होईन
ब्यवहारीक सहजताको क्रुर्रता चाहीएकोछ
आलि कुर्लेकि छ तम्तमाएर
मेरी लम्पसार परेकिछे
अन्याय खपेर
मेरो घरमा मानिसहरु छैनन्
म युद्धको शिखरमा चढेकोछु
मोर्चा कसेर
नयाँ युगको खोजीमा
घुर्चीमा कवाज खेृलिरहेछु
तप्तपाउँदो आदर्श सलएर
नाला पानीको धारामा
पिएर वस्न 
नेपाली आतंकको छाल लिएर
वैरीहरुलाई चक्नाचुर पार्न
गोर्खाली तलवार प्रहार गरिरहेछु
देउथलमा

A lyrics by Naresh Rokaha



जति सक्यौ गनी गनी दियौ चोट पींडा सारा
भो भो अब चाहिएन आकाशका जून तारा

कैले सरें प्रित बनी तिम्रो दिलको मझेरीमा
कैले झरें आँसु बनी तिम्रो दिलको बलेसिमा
मैले मुटु दिएँ तर नुनचुक दली दियौ
तर भुल्यौ निस्ठुरिले तै मुटुमा तिमी थियौ

यो जिन्दगी तिम्रो कसम तिम्रै लागि सुम्पेको थें
हजारौको भीड बाट तिमीलाईनै रोजेको थें
तर आगो लगाईदियौ मेरो दिल चुडी किन
व्यर्थ आयौ जिन्दगीमा आँसुको यो झरी दिन
 —

A Lyrics by Naresh Rokaha

Naresh Rokaha


मैले दे'को सागार भन्दा तिम्रै तलाउ प्यारो भए 
मैले गर्ने सम्झनाले तिमी जिउन गाह्रो भए 
पिरतीमा आफै हार्दिन्छु ,
त्यो दिल बाट डेरा सार्दिन्छु

खडेरीमा फुलेकी थ्यौ पानी हाल्नु भुल भयो
झुटो रैछ तिम्रै प्रीति मनमा पाल्नु भुल भयो
सुम्पिनेले आज आफै चोरेको हो मुटु भन्यौ
सर्बश्वनै ठान्थ्यौ तर बचनको तिर हान्यौ

झरेको फूल टिपेको थें मुटु माझ राखेको थें
जुनी जुनी चोखो प्रीति तिम्रै निम्ति साँचेको थें
निश्चल थियो मेरो माया तिम्रै कारण मरी गयो
हान्यौ बज्र मुटुमानै अनयासै झरी गयो

Ghazal

इमान्दारी सबित्रिको जाल बोक्ने मैले देखे
नरक जीवन बिताएर धेरै खोक्ने मैले देखे ll

कैलाश पति स्वागतमा सत्य जति सुम्पीएर
किर्ते खास्टो ओडाएर सत्य घोक्ने मैले देखे ll

समाजको कठघरामा पतित बनि कुरा गर्दै
केश खोलि नुहाएर लाज रोक्ने मैले देखे ll

नारीजाति कोमल हुन्छन भन्ने सुन्थेतर
ऋष पोको पारि कन दात तोक्ने मैले देखे ll

जवानीको अन्धोपनमा नाच्दा नाच्दै यतिखेर
पश्चातापले तडपिएर टाउको ठोक्ने मैले देखे ll
हरि पराजुली
झापा -(हाल - साउदी अरब )