गजल

पिवन कन्दङ्वा लिम्बू  

पिवन कन्दङ्वा लिम्बू 

आठराइ- छातेढुङ्गा- तेह्रथूम 




यो हावा र त्यो पानीको बहाब उस्तै थ्यो  
जति यहाँ तेती तेहाँ प्रभाब उस्तै थ्यो


जब याम फड्को मारी क्षितिज लम्किन्थ्यो
अनि तेतै समयको झुकाब उस्तै थ्यो



त्यो पहाड गड्गडाई खहरे बन्थ्यो त्याँ
छाँगा भित्र खै 'उतार चढाव उस्तै थ्यो


जब हावा बहकिन्दै पहाड जुद्द थ्यो
समयको नाफा घाटा हिसाब उस्तै थ्यो


 कैले हावा सम्यौताको पर्खाल भाचे नि
पानि बिच स-यात्राको लगाब उस्तै थ्यो