गमक गेडी :-



 संजय कुमार खड्का 

रामेछाप देउराली -८ 
हाल :- साउदिअरब


गाउँ घरका चेली हो झरी बर्षा सकियो 
तीज आयो बरीलै  नाँच्न पर्खी बसियो  |१|

नाँचौ घुमेर
केटो हेर्दै गयो उमेर ||


कति गर्नु चाकरी ज्यान अझै सुक्ने भो
लिन आए खुशी छु नत्र दिल दुख्ने भो |२|
बाटो हेर्दैछु 
मेहंदिले हात केर्दैछु ||

यसैपली तीजमा रातो साडी किन्ने हो 
साथि संगी नाचेर कम्मर मर्काई हिन्ने हो |३|
गीत गाउनु है 
पर्खी बस्छु लिन आउनु है ||

दिन गनी बस्दैछु लिन आउने कैले हो
चार कुने आगनि नाच्नु पर्ने मैले हो |४ |
 गीत घन्कियो 
दिलमा मेरो आगो दन्कियो ||

किन बस्नु रोएर हांसी हांसी मान्ने हो 
आमा बाबा  भेटेर  संगै बसी खाने हो |५ |
चिन्ता नमान 
माइत आउँन पाइन् नभन ||