गजल


krishna k shrestha 
 Krishna k Shrestha


कसैले नराम्रो तनाव दिएर गए  
कसैले हातैमा गुलाव दिएर गए    

मान्दा मान्दै पनि भनेका सबै कुरा  
"कुर्सि छोड" भन्ने दबाब दिएर गए   


नयाँ युग कस्तो? राम्ररी बुझें मैले
जब छोराले त्यो किताब दिएर गए  

यहाँ मिल्ने साथी भन्ने हरु ले आज     
सपार्न पो हो कि? सराव दिएर गए   

बेचेको थिएँ यो सिंगो जिन्दगि मैले
उल्टै पो उधारो  हिसाव दिएर गए   

राधा संग कृष्ण मख्ख भएरै होला
अब तँ सुध्रेस् है,सुझाब दिएर गए