गजल


 
संजय कुमार खड्का
रामेछाप देउराली -८
हाल : साउदीअरब

जवानीको भोको हुन्छ ज्यानमा अझै खुन भए
बिग्रिन्छन रे मस्ती गर्ने खराबी त्यो गुण भए |१|

जिन्दगी यो चलाउन  गार्हो हुने कुरै थेंन
औशी को त्यो रात  पनि गगनमा जुन भए |२|

जिन्दगीनै समुन्द्र हो जवानी र बुढो हुने
समुन्द्र को अर्थ हुन्न खेतमा नै  नुन भए |३|

स्याल पनि घोर्ले हुन्छ जवानी को मात लागि
सोर्ह शृंगार पर्दैन भो   बैश साच्चै  सुन भए |४ |

दायाँ बाँया आघि पछी  सबै हुन्छ्न् हाम्रै सामु
बोलि वाचन   सारंगी झैँ   मनोरम धुन भए |५ |