गजल


Piban Kandangwa (पिवन कन्दङ्वा लिम्बु)

मेरो सिरको ढाका टोपी झर्न दिन्न म
नेपाली हूँ आफ्नो इज्जत मर्न दिन्न म


संयौ गोलि थाप्न सक्छु देश कै लागि
वैरी आफ्नो आगनीमा सर्न दिन्न म


पुस्तौ पुस्ता बाट फूल फूली रहेको
गिद्दे नजर कैले पनि पर्न दिन्न म



दक्षिण हो याँ उत्तर मेरो तलाउको
स्वच्छ पानि कदापिनी भर्न दिन्न म


पराइ को हक हुकुम हाबी कहिलै
मेरो प्यारो माटो माथि गर्न दिन्न म